ताजा समाचार

Loading…


भेन्टिलेटरमा रहेका गुल्मीका कोरोना संक्रमितलाइ बचाउन सकिएन – डाक्टर

नेप्लिज संवाददाता६ जेष्ठ २०७७, मंगलवार १०:२५ (1 महिना अघि)  १३७७३ जनाले पढ़िसके

काठमडौं । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना सङ्क्रमितको स्वास्थ्यावस्था चिन्ताजनक रहेको छ । उनलाई बचाउन सकिने अवस्थामा नरहेको एक डाक्टरले बताएका छन् ।
मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको तर स्वास्थ्यमा सुधार नभएको उनले बताए ।
एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते अस्पताल आउनुभएका उनलाई आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो ।
थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशङ्कामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकामा कोरोना सङ्क्रमण देखिएको हो । मदानेको एक विद्यालयका प्रधानाध्यापक उनमा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Loading…


प्रतिक्रिया दिनुहोस