ताजा समाचार

Loading…


संसद्‌मा विवाद : केही सांसदलाई घिसारेर बाहिर निकालियो

नेप्लिज संवाददाता५ जेष्ठ २०७७, सोमबार १८:१८ (1 महिना अघि)  ५३९ जनाले पढ़िसके

बीबीसी । चिनियाँ राष्ट्रगानसम्बन्धी एउटा प्रस्तावित कानुनबारे विवाद उत्पन्न भएपछि हङ्‌कङको संसद्‌बाट केही प्रजातन्त्रवादी सांसदहरूलाई घिसारेर बाहिर निकालिएको छ।

प्रस्तावित कानुनमा चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने प्रावधान छ।

उक्त अध्यादेशलाई प्रभावित पार्न सक्ने एउटा संसदीय समितिको नेतृत्वबारे सांसदहरूबीच विवाद भएको थियो।

संसद्‌बाट बाहिर निकालिएका एक सांसद एडी चुले भने, “यदि हङ्‌कङमा प्रजातन्त्र भएको भए हामीले यसरी झगडा गर्नुपर्दैनथ्यो।”

उनले भने, “दुर्घटनावश हामीलाई यो परिस्थितिमा जान बाध्य पारियो। संसद्‌भित्र र बाहिर पनि थप भिडन्त हुने म देख्छु।”

संसद्‌मा भएको तनावले हङ्‌कङभित्र विद्यमान विभाजनको सङ्केत गर्छ।

कोरोनाभाइरस महामारी फैलिएपछि गत वर्ष सुरु भएको सडक आन्दोलन मत्थर भएको थियो। तर पुनः विरोध प्रदर्शन सुरु हुने अपेक्षा गरिएको छ।

हङ्‌कङको संसद्‌मा यसअघि पनि भिडन्त भएको थियो।

के भएको थियो?

अध्यादेशहरू हेर्ने र तीबारे निर्णय गर्न मतदानको मिति तोक्ने संसदीय समितिको नेतृत्वको विषयमा मतभेद थियो।

गत साता संसद्‌का अध्यक्ष चीनपक्षधर सांसद चान किन-पोरलाई उक्त समितिको नेतृत्व छान्नका लागि निर्वाचन गराउन जिम्मेवारी दिएका थिए।

सोमवार संसद् बस्नुअघि चान २० जनाभन्दा बढी सुरक्षाकर्मी वरिपरि राखेर अध्यक्षको आसनमा बसेका थिए। बीबीसीबाट

Loading…


प्रतिक्रिया दिनुहोस