ताजा समाचार

Loading…


काेराेनाले विश्वभर भयावह: आधा कारोड व्यक्तिमा संक्रमण पुष्टि, सावधान रहन चेतावनी

नेप्लिज संवाददाता४ जेष्ठ २०७७, आईतवार ०७:०६ (1 महिना अघि)  १४३ जनाले पढ़िसके

काठमाडौं । विश्वभर झण्डै आधा करोड व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक भएको छ । २१३ देशमा फैलिएको कोरोनाको संक्रमणका कारण अहिलेसम्म ४७ लाख १७ हजारमा संक्रमण फैलिएको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोनाका कारण अहिलेसम्म ३ लाख १२ हजारको मृत्यु भैसकेको छ । सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा झण्डै ९० हजार संक्रमितको ज्यान गैसकेको छ । अहिलेसम्म १८ लाख १० हजार मात्रै निको भएर घर फर्किएका छन् ।

२५ लाख ९४ हजारको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । त्यसमध्ये २५ लाख ४९ हजारको अवस्था सामान्य रहेका छ । ४४ हजार ८ सयको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित रहेका छ । अमेरिकामा १५ लाख ७ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । काेराेना संक्रमितकाे संख्या बढ्दै जाँदा सावधान रहन विज्ञहरुले चेतावनी दिएका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस