ताजा समाचार

Loading…


अस्पतालमा बन्दुकधारीकाे आक्रमण, २ शिशुसहित १४ को मृत्यु

नेप्लिज संवाददाता३० बैशाख २०७७, मंगलवार २१:१३ (2 महिना अघि)  १५१ जनाले पढ़िसके

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एउटा अस्पतालमा भएको आक्रमणमा परी दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको छ। थप १५ जना घाइते भएका जनाइएको छ। सुरूमा शृङ्खलाबद्ध बम विस्फोटनबाट सुरू भएको हमलामा पछि बन्दुक आक्रमण गरिएको अधिकारीहरूले बताएका छन् ।

चिकित्सक र नर्ससहित १ सय ४० जना जति अस्पतालमा रहेका हमलाको समयमा अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले बताएका बीबीसीले जनाएको छ ।

हमलामा परेको अस्पतालको प्रसूति गृह अन्तर्राष्ट्रिय परोपकारी संस्था मेदसाँ सं फ्रँतिए (एमएसएफ) ले सञ्चालन गर्दै आएको छ। एमएसएफका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई पनि हमलाकारीले निशाना बनाएको हुनसक्ने बताइएको छ।

अफगान विशेष फौजले तीन विदेशीसहित १०० जना महिला र बालबालिकालाई उद्धार गरेको एक जना अधिकारीले बीबीसीलाई बताएका छन्। संयुक्त राज्य अमेरिकासँग दुई महिना भन्दाअघि सैनिक फिर्तीबारे सम्झौता गरेको तालिबानले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ।

यस्तै बन्दुकधारीको अर्को समूहले काबुलमा मङ्गलवार गरेको अर्को आक्रमणमा थप १५ जना घाइते भएका छन्।

Loading…


प्रतिक्रिया दिनुहोस