ताजा समाचार

Loading…


एन्फालाई फिफाको झण्डै ६ करोड रुपैयाँ सहयोग

नेप्लिज संवाददाता१४ बैशाख २०७७, आईतवार ०७:२० (2 महिना अघि)  ७४ जनाले पढ़िसके

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पाँच लाख अमेरिकी डलर अर्थात झण्डै ६ करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले एन्फालाई रकम सहयोग गरेको हो ।

फिफाले एन्फासँगै विश्वभर फिफामा आबद्ध दुई सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोगको घोषणा गरेको हो। फिफा राहत कोषबाट सम्पूर्ण सदस्य राष्ट्रलाई फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एक सय ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेका छन्।

फिफाले पहिलो चरणमा कोरोनाबाट अति प्रभावित देशको फुटबल संघलाई सहयोग प्रदान गर्नेछ। फिफाले उक्त सहयोग रकम विभिन्न चरणमा प्रदान गर्दै जाने पनि जनाएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस