ताजा समाचार

Loading…


कोरोना राहत कोषमा सन्दीप लामिछानेको १ लाख सहयोग घोषणा

नेप्लिज संवाददाता१४ चैत्र २०७६, शुक्रबार ०८:५४ (3 महिना अघि)  १४३ जनाले पढ़िसके

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण सोमबार १ जना युवतीमा पुष्टि भएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ।

सामाजिक संजाल फेसबुकमा उनले यसो भनेका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस