ताजा समाचार

Loading…


गायक अमृत सापकोटाको नयाँ गीत ‘बाँस काटेर चोया’ बजारमा (भिडियो सहित)

नेप्लिज संवाददाता३० फाल्गुन २०७६, शुक्रबार ०९:१४ (3 महिना अघि)  ८९ जनाले पढ़िसके

काठमाडौं – गायक अमृत सापकोटाको नयाँ गीत ‘बाँस काटेर चोया’ बजारमा आएको छ । उनले शुभारम्भ डिजिटलको आधिकारीक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् ।

यसअघि बाल गायीका कमला घिमिरे र सापकोटाको आवाजमा ‘चिया छानेको’ गीत साढे १ करोड भ्युज कट्नै लाग्दा सापकोटाले फेरी अर्को गीत बजारमा ल्याएका हुन् ।

घिमिरेलाई मिडियामा ल्याएर चर्चामा ल्याउने व्यक्ति उनै सापकोटा हुन् । आफ्नो विवाहको पाँचौ वर्षगाँठको अवसरमा नयाँ म्युजिक भिडियो बजारमा ल्याईएको गायक सापकोटाले बताएका छन् । गीतमा अमृत सापकोटा र करुणा राईको श्वर रहेको छ ।

यस्तो रहेको छ सापकोटाको नयाँ गीत

Loading…


प्रतिक्रिया दिनुहोस