ताजा समाचार

Loading…


कोरोना भाईरसको औषधीः यस्ता छन् भ्रम, हल्ला र यथार्थ

नेप्लिज संवाददाता२७ फाल्गुन २०७६, मंगलवार ०९:३८ (4 महिना अघि)  १७९ जनाले पढ़िसके

को*रोना भाईरसको उपचार पत्ता लागेको छैन । यस्तो छ हल्ला र वास्तविकता । सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको शब्द सापटी लिएर भन्नुपर्दा अहिले नेपाल मात्र होइन, विश्व नै ‘कोरोना फोबिया’को सन्त्रासमा छ । धेरैलाई थाहा छैन् वा थाहा भएर पनि विर्सिएका छन्, कोरोना संक्रमण हुन संक्रमित क्षेत्रको हुनुपर्छ । त्यो नभए कोरोना प्रभावित क्षेत्रमा बसोबास गरेर आएको मानिस संगतमा हुनुपर्छ । खासमा कोरोना भाइरसबारे विश्वभरका भाइरोलोजिस्टहरु अध्ययनकै क्रममा छन् ।
र, अहिले देखा परेको कोरोना नयाँ प्रकारको भएको बताइएको छ । अहिले विभिन्न माध्यमबाट जनमानसमा कोरोना भाइरसलाई लिएर धेरै भ्रम फैलिएको छ । तर चिकित्सकहरुले भनेका छन्, ‘भिडभाडामा नजानुस्, चीनबाट फर्किएकाहरु, जसलाई रुघाखोकी र ज्वरो आएको छ, उनीहरुबाट टाढै रहनुस् । कोरोनासँग डर मान्नु पर्दैन । डाक्टर पुन भन्छन्, ‘चिनियाँ सामान प्रयोग गरेर कोरोना सर्छ भन्नु भ्रम फैलाउने काम गर्नु हो ।

Loading…


प्रतिक्रिया दिनुहोस