ताजा समाचार

Loading…


सुन्दर यातायातमा ज्वरो नापेर मात्रै चढ्न पाईने

नेप्लिज संवाददाता२३ फाल्गुन २०७६, शुक्रबार १०:०९ (5 महिना अघि)  १६४ जनाले पढ़िसके

काठमाडौं । विद्युतीय बस सुन्दर यातायात ज्वरो नापेर मात्रै गाडीमा चढ्न पाईने भएको छ । कोरोना भाइरसको सन्त्रास फैलिएसँगै कम्पनीले संक्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो ।

तापक्रम तथा ज्वरो जाँच्न चार वटा इन्फ्रारेड थर्मोमिटर ल्याइएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

कम्पनीले दुई वटा विद्युतीय बस चक्रपथ सडकखण्डमा सञ्चालन गरिरहेको छ । उनका अनुसार ज्वरो जाँच्नका लागि प्रत्येक बसमा चालक र सहचालक बाहेक दुई जना कर्मचारी खटाइनेछ ।

Loading…


प्रतिक्रिया दिनुहोस