ताजा समाचार

Loading…


अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीको भावुक सन्देश

नेप्लिज संवाददाता२० फाल्गुन २०७६, मंगलवार ०७:१९ (5 महिना अघि)  १०१ जनाले पढ़िसके

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अस्पताल भर्ना भएका छन्। बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्रीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने एक जना महिलाले मिर्गौला दिनेछिन्। यसअघि प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिनमात्र अस्पताल बस्ने बताएका थिए। प्रधानमन्त्री ओलीले कम्तीमा एक साता अस्पतालमा बस्नु पर्ने छन्। १३ वर्षअघि ओलीले भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए।
त्यसअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देश मार्फत आफ्ना भनाई राखेका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै तलको कमेन्ट बक्समा आफ्ना भनाई राखिदिनुहोला ।

Loading…


प्रतिक्रिया दिनुहोस