ताजा समाचार

Loading…


हेमा श्रेष्ठलाई लाठी प्रहार गर्ने इन्स्पेक्टर पौडेललाई कारबाही हुने (भिडियो सहित)

नेप्लिज संवाददाता१६ फाल्गुन २०७६, शुक्रबार १७:४४ (5 महिना अघि)  २५४ जनाले पढ़िसके

काठमाडौं । इन्स्पेक्टर देवीप्रसाद पौडेलमाथि कारबाही हुने भएको छ । हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने पौडेललाई कारबाही हुने भएको हो । पूर्व जर्नेल हेम खत्रीसँग पुरानो सम्बन्ध दाबी गर्ने माला शाहको पक्षमा भैंसेपाटीमा धर्ना दिन पुगेका महिलाहरुमाथि बल प्रयोग गर्ने क्रममा पौडेलले लाठी प्रहार गरेका थिए ।
पौडेलले हेमामाथि पटक पटक लाठी प्रहार गरेको भिडियो अहिले भाईरल भैरहेको छ । विश्वस्त स्रोतका अनुसार छानविनका क्रममा पौडेलले कानुन विपरित महिलामाथि बल प्रयोग गरेकाले कारबाही हुने भएको हो ।
पौडेललाई कस्तो कारबाही हुने खुलाइसकिएको छैन । तर, उनले अनावश्यक र अनाधिकृत रुपमा महिलामाथि लाठी प्रहार गरेको स्पष्ट भइसकेको छ । भोजपुरकी हेमा श्रेष्ठ पछिल्लो समय निकै चर्चित छन् । उनी पतिसँगको सम्बन्ध बिग्रिएपछि उग्र भएकी छिन् ।
बिहिबार हेमाले पूर्व जर्नेल हेम खत्रीसँग माला शाहको सम्बन्ध दाबी गर्दै अधिकार दिलाउने भन्दै घरमै बच्चासहित पुगेकी थिइन् । घरमै धर्नामा पुगेपछि हेमा श्रेष्ठमाथि प्रहरीका इन्स्पेक्टरले नै लाठी प्रहार गरेको भिडियो भाइरल भएपछि यसको सत्य तथ्य छानविन गर्न प्रहरी क्रियाशिल रहेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस