ताजा समाचार

Loading…


कम्प्युटरमा कपी, कट र पेस्ट गर्न मिल्ने बनाउने अमेरिकी वैज्ञानिकको मृत्यु

नेप्लिज संवाददाता१० फाल्गुन २०७६, शनिबार ०१:११ (4 महिना अघि)  २२७ जनाले पढ़िसके

एजेन्सी । कम्प्युटरमा प्रयोग हुने कट, कपी र पेस्टका डेभलपर को होला ? सबैको चासोका पात्र हुन चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लर । उनको ७४ वर्षको उमेरमा मृत्यु भएको छ ।

बैज्ञानिक टेस्लरले सन् १९६० देखि कम्प्युटरको प्रोग्रामको काम अमेरिकास्थित सिलिकन भ्यालीबाट सुरु गरेका थिए। जेरोक्स कम्पनीमा समेत टेस्लरले लामो समयसम्म काम गरेका थिए।

टेस्लरको निधन लगत्तै अमेरिकी कम्पनी जेरक्सले ट्वीट मार्फत् टेस्लरले गरेको अनुसन्धान एक क्रान्तिकारी छलाङ रहेको भन्दै धन्यवाद दिएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस