ताजा समाचार

Loading…


सञ्चार मन्त्रालयमा अख्तियारको छापा, बास्कोटाका कागजपत्र सिलबन्दी

नेप्लिज संवाददाता९ फाल्गुन २०७६, शुक्रबार ०१:२० (4 महिना अघि)  १९२ जनाले पढ़िसके

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा छापा मारेको छ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा आयोगले छापा मारेको हो ।

सचिवालयमा छापा मारेर बास्कोटाका कागजपत्र सिलबन्दी गरिएको छ । मन्त्रालय पुगेका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका अख्तियारले जनाएको छ ।

कमिसन बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

Loading…


प्रतिक्रिया दिनुहोस