ताजा समाचार

Loading…


बंगलादेशले जित्यो १९ वर्षमुनीको आईसीसी विश्वकप क्रिकेटको उपाधी

नेप्लिज संवाददाता२७ माघ २०७६, सोमबार ०३:३४ (5 महिना अघि)  १३१ जनाले पढ़िसके

काठमाडौं – १९ वर्षमुनीको आईसीसी विश्वकप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतलाई ३ विकेटले पराजित गरेको हो । भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि बंगलादेशले नयाँ लक्ष्य पाएको थियो । ४६ ओभरमा १७० रनको नयाँ लक्ष्य बंगलादेशले ७ विकेट गुमाएर पुरा गरेको थियो ।

पहिलो विकेट ५० रन हुँदा गुमाएको बंगलादेशले ८५ रन जोड्दा ५ विकेट खेर फालेको थियो । बंगलादेशका पर्वेज हुसेन इमोनले सर्वाधिक ४७ रन बनाउँदा कप्तान अकबर अलिले नट आउट ४३ रन बनाए । तान्जित हसनले १७ रन जोडे ।

भारतका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । ओपनर एसस्वी जैसवालले ८८ रन बनाउँदा तिलक बर्माले ३८ तथा ध्रुब जुरेलले २२ रन बनाए ।

Loading…


प्रतिक्रिया दिनुहोस