ताजा समाचार

Loading…


शहीद स्मारक ए डिभिजन लिग: मनाङलाई जित्नै पर्ने दबाब

नेप्लिज संवाददाता२६ माघ २०७६, आईतवार ०१:२३ (5 महिना अघि)  १५० जनाले पढ़िसके

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिगमा आज आइतबार मनाङ मस्र्याङ्दी र न्यूरोड टिम एनआरटीबीचको खेल हुन्दैछ । खेल एन्फा कम्प्लेक्स मैदानमा दिउँसो एक बजे हुनेछ ।
शनिबारका लागि हल्चोकमा तय भएको यो खेल आज आइतबार हुन लागेको हो । हल्चोक मैदानमा खेल्न क्लब नमानेपछि यो खेल सातदोबाटोमा सारिएको हो ।
मनाङलाई आजको खेल जित्नै पर्ने दबाब छ ।
उपाधि रक्षाको अभियानमा रहेको मनाङ एनआरटीलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ । मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंक बनाएको छ । आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ ।
एनआरटीलाई भने सुपर सिक्समा कायम रहनका लागि मनाङलाई हराउनु जरुरी छ । यो जितपछि पनि मनाङ आर्मीभन्दा चार अंकले पछि रहनेछ ।

Loading…


प्रतिक्रिया दिनुहोस