ताजा समाचार

Loading…


विहे गरेर ल्याएको भोलिपल्टै घाँटी थिचेर हत्या (भिडियोसहित)

नेप्लिज संवाददाता२९ मंसिर २०७६, आईतवार ०२:३२ (7 महिना अघि)  १४६ जनाले पढ़िसके

विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।
तर धादिङको सिद्धलेक गाउँपालिकामा विवाह गरेर आउने मकवानपुरकी अनिसा तामाङ भने यो सामाजिक प्रक्रियामा प्रवेश गर्न नै पाएनन् । उनी विवाह गरेको भोलिपल्ट नै श्रीमानको हत्याको सिकारमा पर्नुपर्यो ।

नव दुलही बनेर कसैकी बुहारी बन्नेछिन, कसैकी भाउजु । सबैभन्दा खास त कसैकी जीवनसंगीनी बन्नेछि ।
आफ्नो परिवारमा हुर्किरहेकी, रमाइरहेकी युवतीका लागि श्रीमतीको भूमिका, बुहारीको भूमिका, भाउजुको भूमिकामा रुपान्तरण हुन जति रोमाञ्चक हुन्छ, उत्तिकै चुनौतीपूर्ण पनि ।

उनीहरुले पराई घरलाई आफ्नो ठान्नुपर्नेछ । नयाँ सम्बन्धहरु स्थापित गर्नुपर्नेछ । बेग्लै पारिवारिक संस्कार र चालचलनमा आफुलाई अभ्यस्त गराउनुपर्नेछ । नव दुलहीका लागि यी सबै कुरा एकदम नयाँ हो ।

विवाहअघिको र विवाहपछिको अवस्था उस्तै रहँदैन । यो परिवर्तनलाई उनीहरुले सहर्ष आत्मसात गर्नुपर्छ । नयाँ पारिवारिक जीवनलाई कसरी मधुर र सन्तुलित बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

विवाह गर्नुलाई कतिले बन्धनको रुपमा लिन्छ, कतिले जीवनको फरक आयमको रुपमा । कतिले यसलाई नयाँ मोडको रुपमा लिन्छ, कतिले भारको रुपमा पनि । यद्यपी विवाह एक सामाजिक प्रक्रिया हो । यही विन्दु हुँदै हाम्रो जीवनचक्रले फन्को लगाउँछ ।
मकवानपुरकी २० वर्षकी अनिसा तामानले पनि यहि जीवनचक्रलाई फन्को लगाउने क्रममा गएको मंसिर ९ गते धादिनको सिद्धलेक गाउँपालिका–३ आमकोटका २३ वर्षीय अर्जुन थापामगरसँग विवाह गरे ।

विवाह गरेर घर ल्याएको अनिसालाई गाउँलेले भोलिपल्ट मंसिर १० गते घरमै देखेका थिए । ११ गते विहान भने कसैले पनि अनिसालाई देखेनन् । सबैले सोधे अनिसा कहाँ छिन् भनेर । तर अर्जुन थापामगर र उनको परिवारले माईत गएकी छे भनेर ढाँटे ।
धेरै दिनसम्म पनि अनिसा घरमा नदेखेपछि गाउँलेहरुले संका गर्न थाले । केही दिनमा त झनै गन्ध आउन थाल्यो । सिनो गन्हाएझैं दुर्घन्ध फैलदै गयो । छिमेकीहरुले अर्जुनलाई सोधे यस्तो बेस्सरी के गन्हाएको यस्तो ?

अजुन र उनका परिवारले भने गोरु मरेको र त्यसैको गन्ध आएको भनेर झुट बोले ।

वरपर कसैको पनि गोरु नमरेको, अनिसा पनि धेरै दिनदेखि हराईरहेका कारण छिमेकीले संका गर्न थाले ।
अर्जुनले विहे गरेर ल्याएको भोलिपल्ट अनिसाको घाँटी थिचेर हत्या गरेका रहेछन् । रक्सीले लठ्ठ भएका उनले अघिल्लो दिन विहे गरेर ल्याएको श्रीमतीलाई निर्मम तरिकाले हत्या गरे । अनिसाले हार गुहार धेरै मागिन् । बच्नका लागि धेरै कोसिस गरिन तर उनले आफ्नो प्रयासलाई सफल बनाउन सकेनन् । अन्तत उनले मृत्युको सामना गर्नुपर्यो ।

अनिसाको हत्या गरेपछि अर्जुनले आफू बच्ने अनेक जुक्ति निकाले । अन्त्मा उनले एउटा जुक्ती लगाउने निर्णयमा पुगे । ट्वाईलेटको सेफ्टी ट्यांकीमा लासलाई हालिदियो भने त कसैलाई पनि थाहा हुँदैन भन्ने लाग्यो ।
शौचालयको सेफ्टी ट्यांकीको ढकनी खोलेर ब्ल्याङ्केटले बेरेपछि अनिसाको लास हालियो । त्यसका लागि अर्जुनले केही व्यक्तिको साथ पनि लिए ।

गाउँमा केही व्यक्तिले संका गर्न थालेपछि अनिसाको खोजी सुरु भयो । खोजी गर्दै जाँदा प्रहरीको आँखा त्यहि गन्हाईरहेको ट्वाईलेटको सेफ्टीटेन्कीमा ठोक्कियो ।

ट्यांकीको ढकनी खोलेर हेर्दा ब्लानकेटले बेरिएको अवस्थामा अनिसाको लास भेटियो । घटनामा संलग्न भएको अभियोगमा अनिसनाका श्रीमान अर्जुनसँगै उनका काका छवि थापामगर र ईन्द्र थापामगर पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि रुपक खड्काको भनाई छ ।
यो घटनामा गाउँबासीले थाहा पाएर सार्वजनिक भएको सिद्धलेक गाउँपालिका वडा न. ३ का वडाअध्यक्ष देबबहादुर पुलामीको भनाई छ ।
प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तिन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने प्रहरीको तयारी छ ।

सेफ्टी ट्यांकीको ढकनी ठूलो भएकोले एक जनाले मात्र खोल्न सक्ने अवस्थामा नरहेकोले उनिहरु मिलेर हत्या गरेको आरोप लगाइएको छ । शौचालयमा दिसा पिसाव नगरेका कारण आरोपितले दिन दिनै धेरै पानी हालेर राख्ने गरेको त्यहाँका स्थानीय बासिन्दाले बताएका छन् । घरमा विवाह गरेर ल्याइएको श्रीमत खोजी गर्दा सोही दिन माइतिर्फ गएको भनेर आरोपितले ढाँट्दै आएका थिए ।

Loading…


प्रतिक्रिया दिनुहोस