ताजा समाचार

Loading…


आलमको पहिलेदेखि नै यस्तो हर्कत ? चुनावी प्रतिष्पर्धी प्रमाणसहित मिडियामा (हेर्नुहोस भिडियोमा)

नेप्लिज संवाददाता१९ कार्तिक २०७६, मंगलवार ०५:५३ (8 महिना अघि)  १९०३८ जनाले पढ़िसके

काठमाडौं, कार्तिक २१ । बुधबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा केन्द्रित रही बयान दिएका निलम्बित सांसद मोहमद अफताव आलमले आज बिहीबार पनि बयान दिदै छन् ।
ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको गैरकानुनी प्रयोगका विषयमा दायर अभियोग सम्बन्धमा बिहीबार बयान लिइने स्रेस्तेदार गुणराज पराजुलीले बताए ।
बिहीबार पुनः उपस्थित गराउने गरी आलमलाई प्रहरी हिरासतमा पठाइएको उनले बताए ।
सम्भवतः बिहीबार बयान सम्पन्न हुने र शुक्रबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ । मुद्दा पुर्पक्षका सिलसिलामा थुनामा राख्ने वा धरौटी वा तारेखमा छाड्ने विषयमा थुनछेक बहस हुने छ । त्यसका लागि नेपाल सरकार र पीडित जाहेरवाला तथा आलमका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरू रौतहट पुग्न थालेका छन । पीडितका तर्फबाट बहस गर्न पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौला, अधिवक्ता पुष्पराज पौडेल तथा आलमका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, पूर्वमहासचिव सुनिल पोखरेल लगायत रौतहट पुगेका छन् ।
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरहदवास्थित सेख इद्रिसको गोठघरमा बम बनाउँदै गर्दा विस्फोट भएपछि सख्त घाइते भएका सरुअठा गाउँका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलगायता व्यक्तिलाई नजिकैको इँटाभट्टामा जलाएर मारेको अभियो आलममाथि लागेको छ ।
आलमको ईन्कारी बयान
बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमले घटना अस्वीकार गरेका छन् ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको भन्दै आफूमाथिको अभियोग अस्वीकार गरेका हुन । बम विस्फोटको कुनै घटना नै नभएको विषयमा आफूलाई राजनीतिक पूर्वाग्रहका कारण फसाउन खोजिएको बयान उनले एिका हुन् ।
बुधबार दोस्रो दिन बयान दिन इजलासमा पुगेका आलमलाई बम विस्फोटमा सख्त घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगसम्बन्धी प्रश्न सोधिएको थियो । त्यस क्रममा इजलासले मिसिल संलग्न अभियोगपत्रसँगै प्रस्तुत विभिन्न प्रत्यक्षदर्शीले गरिदिएको कागज र बयान देखाउँदै घटनामा संलग्नताका विषयमा प्रश्न सोधेको थियो । त्यस विषयमा आलमले अस्वीकार गर्दै घटना नै नभएको बताए ।

पूर्वमन्त्री आफताव आलमविरुद्ध पर्याप्त आधार प्रमाण रहेको अभियोजनकर्ता सरकारी पक्षले दाबी गरेको छ । घटनापछि गत १२ वर्षमा सङ्कलित घटनासँग सम्बन्धित सबै तथ्य प्रमाण, बरामद सामग्री, संलग्न व्यक्ति, घटनालगत्तै गुमनाम भएका प्रत्यक्षदर्शी र अस्पताल जाँच प्रतिवेदनसमेतले अभियोग पुष्टि हुने दाबी अभियोजनकर्ताको छ । बमको छर्रा लागी घाइते भएका गौरीशङ्कर राम चमार र सफी अहमदसहित घटना देख्ने २० जना प्रत्यक्षदर्शीको बयान, पीडित जाहेरवालासहित पाँच सरकारी गवाह र घटनाबारे त्यस समयमा सुनेका तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासहितका १६ व्यक्ति गरी कुल ४१ जनालाई साक्षीको रूपमा अभियोगसँगै प्रस्तुत गरिएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस