ताजा समाचार

Loading…


अन्तरिक्षमा पहिलो पटक हिँडेर इतिहास रच्ने लियोनोवको निधन

नेप्लिज संवाददाता२५ आश्विन २०७६, शनिबार ०३:१० (9 महिना अघि)  २८० जनाले पढ़िसके

एजेन्सी । सन १९६५ मा पहिलो पटक अन्तरिक्षमा हिँड्ने अन्तरिक्ष यात्री एलेक्सी लियोनोवको ८५ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका लियोनोवको उपचारका क्रममा मस्को अस्पतालमा शुक्रबार निधन भएको हो ।
रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधनलाई ‘पुरै ग्रहका लागि क्षति’ भएको बताएका छन । त्यस्तै राष्ट्रपति भ्लादिमिर पुटिनले लियोनोवको साहसले सबैलाई प्रेरणा दिएको बताएका छन ।
एलेक्सी लियोनोव आफ्नो अन्तरिक्ष यानबाट बाहिर निक्लेर १६ फिट लामो केबलको सहयोगमा १२ मिनेटसम्म हिँडेका थिए । सन २०१२ मा लियोनोवले बीबीसीसँग भेनका थिए, ‘तपाईँ यसलाई शब्दमा वर्णन गर्नै सक्नुहुन्न । बाहिर निस्केर केवल महसुस गर्न सकिन्छ कि हाम्रो चारैतर्फ कति विशाल संसार छ ।
तर अन्तरिक्ष यानबाट बाहिर निस्कनु लियोनोवका लागि ज्यान जोखिममा पार्नु नै सावित भयो । उनको स्पेससुट नराम्रोसँग क्षतिग्रस्त भएको तियो । उज्यालो अनलाईनले लेखेको खबर अनुसार अन्तरिक्ष यानमा फर्कन निकै मेहनत गर्नु परेको थियो ।
लियोनोवको जन्म साइबेरियामा भएको थियो । उनका बुवा स्टालिनको दमनका सिकार बनेका थिए । सन् १९४८ मा उनको परिवार पश्चिमी रुसमा बसाइँ सरेको थियो ।
एअरफोर्सको पाइलटका रुपमा सन १९६० मा लियोनोवलाई अन्तरिक्ष यात्रीको प्रशिक्षणका लागि छनोट गरिएको थियो । उनले यूरी गागरिनसँग प्रशिक्षण लिने मौका पाए, गागरिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति हुन ।

लियोनोवलाई ‘हिरो अफ् सोभियत युनियन’ को मेडलबाट दुई पटक सम्मानित गरिएको थियो ।

Loading…


प्रतिक्रिया दिनुहोस