ताजा समाचार

Loading…


महराले सुटुक्क बुझाए सभामुख पदबाट ‘दोस्रो राजीनामा’ पत्र

नेप्लिज संवाददाता१५ आश्विन २०७६, बुधबार ११:०७ (10 महिना अघि)  ४८४ जनाले पढ़िसके

काठमाडौं, असोज १५ । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महराले ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलेको छ ।

महराले मंगलबार जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने शर्तसहित उल्लेख गरेर राजीनामा पत्र बुझाएका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा उच्च स्रोतका अनुसार महराको यस्तो राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन ।

यो राजीनामा आफूले स्वीकार नगरी दराजमा थन्क्यार राख्ने उनको चेतावनी थियो । उपसभामुखको यो कदमबारे नेकपा नेतृत्व पनि जानकार थियो । त्यसपछि महराले शर्तरहित अर्को राजीनामा पत्र उपसभामुख समक्ष पठाएको स्रोतको दावी छ ।

अर्को राजीनामा पत्रका आधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । उक्त सूचनामा पनि महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएको जस्तो शर्त उल्लेख छैन ।

नेकपा स्रोता भन्छ, ‘अब महरा सभामुख रहनुभएन, संसद सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रकृया सुरु गर्ने छ ।’

Loading…


प्रतिक्रिया दिनुहोस