ताजा समाचार

Loading…


नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल कम्पनी बन्द

नेप्लिज संवाददाता७ आश्विन २०७६, मंगलवार ०१:०० (9 महिना अघि)  २०५ जनाले पढ़िसके

काठमाडौं : नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल एजेन्सी टमस कुक बन्द भएको छ। बेलायतको विश्वविख्यात ट्राभल एजेन्सी कम्पनी टमस कुक बन्द हुँदा घुमफिरमा गएका १ लाख ५० हजार पर्यटक विदेशमा अलपत्र परेका छन्।

सन् १९५५ मा रसियाली बोरिस लिसानेभिच पर्यटक भिसामा नेपाल आउने पहिलो विदेशी हुन्। बोरिसलाई तत्कालीन राजा महेन्द्रले थोमस कुकमार्फत नेपाल बोलाएका थिए। बोरिसलाई नेपालमा होटल तथा हस्पिटालिटीका ‘पायोनियर’ मानिन्छ। उनले काठमाडौंमा खोलेको होटल रोयल अन्तर्राष्ट्रिय स्तरको पहिलो होटल हो।

टमस कुकले कलकत्ताबाट नेपाल पठाएको पर्यटकको पहिलो समूहमा २० जना रहेको र अधिकांश महिला रहेको पनि उल्लेख पाइन्छ। २० मध्ये १० अमेरिकी र २ जना ब्राजिली पर्यटक थिए। अन्नपूर्णपोष्ट दैनिकबाट

Loading…


प्रतिक्रिया दिनुहोस