ताजा समाचार

Loading…


सगरमाथा क्षेत्रमा यी सामानहरु बन्देज लगाईदै

नेप्लिज संवाददाता१२ भाद्र २०७६, बिहीबार ०६:५३ (10 महिना अघि)  १७० जनाले पढ़िसके

काठमाडौं, भदौ १२ । सन् २०२० को पहिलो दिनदेखि सगरमाथा क्षेत्रमा पातला प्लास्टिक र पेयपदार्थ राखिने प्लास्टिकका बोतल निषेध गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्णयप्रति धेरैको चासो बढिरहेको पाइन्छ।

सगरमाथा क्षेत्रमा त्यसरी प्लास्टिक निषेध गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्णयबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा हुने क्रम जारी छ।
यसै वर्षको वसन्त ऋतुमा आयोजित सफाइ अभियानका क्रममा सगरमाथा हिमाल क्षेत्रबाट ११ हजार केजीभन्दा बढी फोहोरमैला सङ्कलन गरिएको थियो।
विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको सगरमाथा क्षेत्रमा प्लास्टिकसहित अन्य फोहरमैला बढ्ने क्रम नरोकिएकोप्रति चिन्ता व्यक्त भइरहेको बेला खुम्बु पासाङल्हामु गाउँपालिकाको गाउँसभाले गत साउन २७ त्यस्तो निर्णय गरेको हो।
त्यसअनुसार आगामी ज्यानुअरी १ (पुस १६ गते) देखि गते ३० माइक्रन्स (०.०३ मिलिमिटर) भन्दा कम मोटाइ भएका प्लास्टिकका झोला र पेयपदार्थ राखिने प्लास्टिकका बोतल खुम्बु क्षेत्रमा निषेधित हुनेछन्।
गत वर्ष झन्डै एक लाख ५० हजार पर्यटकहरूले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए। गाउँपालिकाका अनुसार तीमध्ये ७५ हजार अन्तर्राष्ट्रिय पर्यटक थिए भने ७५ हजार नेपालका आन्तरिक पर्यटक थिए।
सगरमाथा क्षेत्रमा कति फोहर?
विश्वको सर्वोच्च शिखर र अन्य मनमोहक हिमचुली रहेको सोलुखुम्बु पदयात्रा र पर्वतारोहणका लागि विश्वप्रसिद्ध छ। सगरमाथा राष्ट्रिय निकुञ्जको प्राकृतिक विविधता र अद्वितीय शेर्पा संस्कृति र जीवनशैली त्यस क्षेत्रको अर्को आकर्षण हो।
तर बढ्दो पर्यटकीय गतिविधिका कारण सगरमाथा क्षेत्रमा उच्च हिमाली क्षेत्रदेखि तल्ला भेगसम्मै फोहरमैला बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त हुन थालेको पनि लामो समय भइसकेको छ।
पर्तारोहण गर्न जानेकोहरूको बढ्दो चापका कारण उच्च हिमाली भेगसमेत प्रदूषित र दुर्गन्धित हुन थालेको आरोहीहरू बताउँछन्।
सगरमाथा क्षेत्रको सफाइमा सक्रिय संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अनुसार गत वैशाख-जेठ महिनामा आयोजित सफाइ अभियानको क्रममा सगरमाथा क्षेत्रमा १० हजार ५०० केजी फोहरमैला सङ्कलन गरिएको थियो। बीबीसीबाट

Loading…


प्रतिक्रिया दिनुहोस